नियम २३
समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण
(१) अर्थ मन्त्रालयले ऐनको दफा १६ को अधीनमा रही योजना आयोगसँग परामर्श गरी आवधिक योजना, मध्यमकालीन खर्च संरचना, वित्तीय र बजेट संरचना समेतको आधारमा देहायको समष्टिगत आर्थिक परिलक्ष्यको वार्षिक र मध्यमकालीन प्रक्षेपण गर्नेछ:-
(क) आर्थिक वृद्धिदर,
(ख) मुद्रास्फीति,
(ग) बचत तथा लगानी,
(घ): मौद्रिक, वित्तीय तथा पूँजी बजारको अवस्था,
(ङ) वैदेशिक व्यापार,
(च) राजस्व परिचालन,
(छ) सार्वजनिक क्रण,
(ज) लगानी, राजस्व, बजेट घाटा र कुल क्रणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात,
(२) अर्थ मन्त्रीले आर्थिक वर्षको आय-व्ययको अनुमान सङ्घीय संसदमा पेश गर्दा उपनियम (१) बमोजिमको समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण समेत प्रस्तुत गर्नु पर्नेछ।